काठमाडौँ-भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन्। विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए।
आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए। प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए। त्यसमध्येका ८४ जनालाई प्रहरीले पुन: नियन्त्रणमा लिएको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताउनु भयो । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ। २०० भन्दा बढी व्यक्ति सुधारगृहबाट भागेका छन्।





प्रतिक्रिया