अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका उपसभामुखको स्वास्थ्यमा अनुचित लाञ्छना लगाइयो: रेवतीरमण भण्डारी

कोशीका उपसभामुखको स्वास्थ्यमा अनुचित लाञ्छना लगाइयो: रेवतीरमण भण्डारी


 विराटनगर–नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति जनाउनु भएको छ।

मुख्यमन्त्री उद्धव थापाले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले उक्त आरोप लगाउनु भएको हो।

‘एकजना सम्माननीय पदमा बस्नुभएको उपसभामुख, जसले सभाध्यक्षको लागि कानुनसम्मत मार्ग प्रशस्त गरिदिएर अस्पतालमा जानुभएको छ,’ उहाँले बैठकमा भन्नुभयो, ‘उहाँकाबारे नाटकमञ्चन, नाटकमञ्चन,नाटकमञ्चन। यो नाटकमञ्चन आज भयो कि हिजो भयो ?’

उहाँले यसअघि सभामुख बाबुराम गौतमले पद हुँदाहुँदै प्रदेशसभामा संविधानको खिल्ली उडाएको पनि स्मरण गराउनु भयो।

उहाँले कसैको स्वास्थ्य संवेदनशीलतामाथि हल्का टिप्पणी गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्मरण गरौं, सभामुखको पद छँदाछँदै हैन तपाईं त प्रदेशसभा सदस्य हो भनेर नेपालको संविधानको खिल्ली उडाएको कुरा इतिहासले बिर्संदैन। मैले होइन सर्वोच्च अदालतले भनेको हो।’