रूकुम–रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटनाका घाइतेमध्ये दुई जनाको तुलसीपुरमा मृत्यु भएको छ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएकामध्ये रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका–२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए ।
इलाका प्रहरीका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ।
तुलसीपुर ल्याइएकामध्ये थप तीन यात्रुको अवस्था गम्भीर छ।
लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको हो।





प्रतिक्रिया