अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई घेराबन्दीमा पार्ने काम भइरहेको छ: हिक्मत कार्की

एमालेलाई घेराबन्दीमा पार्ने काम भइरहेको छ: हिक्मत कार्की


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुलुकको व्यवस्था नै असफल पार्ने ठूलो षडयन्त्र भइरहेको बताउनु भएको छ।

नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा तथा प्रचार कार्यशालालाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमानगठबन्धन सरकारको षडयन्त्र नेकपा एमालेका विरुद्धमा र खासखास नेताका विरुद्धमा मात्र नभएर नेपालको सार्वभम सत्ताको विरुद्धमा प्रयोग भइरहेको अनुभूति गरेको कार्कीले बताउनु भयो।

नेता कार्कीले भन्नुभयो, ‘यस कुरामा हामी कति सिरियस छौं, कति कस्तो योजना बनाएर अघि बढ्छौं, त्यो नेकपा एमालेमा निर्भर रहन्, मुलुकको सार्वभौम सत्ता लम्बिने दह्रो हुने बलियो हुने कुरा नेकपा एमालेका तमाम नेता कार्यकर्ताको हातमा नै अन्तरनिहीत छ भन्ने मेरो बुझाइ रहेको छ ।’

नेता कार्कीले एमालेविरुद्ध योजनाबद्ध रुपमा घेराबन्दी र षडयन्त्र भइरहेको तथ्य पनि राख्नु भयो । ‘एमालेसहितको गठबन्धन तोडियो, तोडिएको भोलिपल्टदेखि सुरु भएको सबै प्रचारका तौरतरिका, गतिविधि र विषयलाई हेर्नुभयो भने नेकपा एमालेका विरुद्धलक्षित नभएका कुनै पनि प्रचार छैनन्,’ नेता कार्कीले भन्नुभयो, ‘चाहे नक्कली भुटानी शरणार्थीका कुरा गर्नुस्, चाहे पशुपतिमा प्रयोगभएको जलाहारीको कुरा गर्नुस्, चाहे ललिता निवासको कुरा गर्नुस्, चाहे अरु उठाउँदै गरिएका विषयवस्तु हेर्नु भयो भने, नेकपा एमालेका विरुद्धमा केन्द्रित गर्न खोजिएको छ।

नेता कार्कीले एमाले अध्यक्ष केपी ओलीविरुद्ध योजना बनाएर नै देशी विदेशी प्रतिक्रियावादी लागिरहेको तथ्य पनि खोल्नु भयो।

नेता कार्कीले उठाइएका सबै कुरामा पार्टीका अध्यक्षलाई जोड्ने र केही नेताहरुलाई जोड्ने र प्रहार गर्ने काम भइरहेको बताउनु भयो ।