काठमाडौँ–कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार शहीद गंगालाल हृदय केन्द्रमा भर्ना हुनु भएको छ। मुटुसम्बन्धी रोग लागेको आशंकामा उहाँलाई भर्ना गरी उपचार सुरु गरिएको हो।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीका अनुसार सृजना रेफरल केसका रुपमा आएपछि अस्पतालमा भर्ना गरिएको हो।
उनलाई भर्ना गरी विभिन्न स्वास्थ्य परीक्षणको काम भइरहेको र शंका गरिएको रोग हो कि होइन यकिन गरी रोग देखिएमा उपचार गर्ने र रोग नदेखिएमा डिस्चार्ज गर्ने निर्देशक अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया