अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम जागरणको हिसाबले नेपालको समृद्ध क्षेत्र: अध्यक्ष ओली

सुदूरपश्चिम जागरणको हिसाबले नेपालको समृद्ध क्षेत्र: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम क्षेत्र नेपाली संस्कृतिको भण्डार भएको बताउनु भएको छ।

काठमाडौंमा आयोजित श्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव २०८० लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जागरणको हिसाबले सुदूरपश्चिम सम्पन्न भएको बताउनु भयो। पहिलो शहीद, पहिलो आन्दोलन, बलिदान सबै हिसाबले सुदूरपश्चिम अगाडि रहेको बताउनुभयो ।

सुदूरपश्चिम स्रोत र अनेक हिसाबले अगाडि रहेर पनि विकासमा केही पछि परेको ओलीले बताउनु भयो । ‘स्रोत र अनेक हिसाबले सबल छ, यसको कमजोरी भनेको एउटा दुर्गम मात्रै हो’, उहाँले भन्नुभयो।

ज्ञान भूमि, ध्यान भूमि, उत्पत्तिको जीवन्त भूमि सुरुवात भएको भूमि नेपाल पछाडि पर्नै नहुने बताउनुभयो । तथापि उचित व्यवस्थापकीय क्षमताको अभाव हुँदा नेपाल पछि परेको ओलीले बताउनुभयो ।  

उहाँले सुदूरपश्चिमको डेउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको उहाँले बताउनुभयो । 

ओलीले सुदूरपश्चिम र कर्णाली सधैँ पछि परिरहन नसक्ने बताउनुभयो । त्यहाँ भएका स्रोत साधन र संस्कृतिको माध्यमबाट ती क्षेत्रलाई समृद्ध बनाउन सकिने ओलीको भनाइ छ । 

कार्यक्रममा डेउडा संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।