अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुन तस्करी यो सरकारले नगराए अर्को कसले गरायो? : अध्यक्ष ओली

 सुन तस्करी यो सरकारले नगराए अर्को कसले गरायो? : अध्यक्ष ओली


काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताउनु भएको छ।

एमाले पार्टी कार्यालय च्यासलमा छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको सपथ खुवाएपछि ओलीले यस्तो बताउनु भएको हो।

‘यो सुन तस्करी वर्तमान सरकारले नगराएको भए कसले गरायो?,’ ओलीले प्रश्न गर्नु भयो, ‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ। तपाईंको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ। के त्यसमा किलोकिलो सुन हालेको हुन्छ? अनि एउटा आइटममा क्वीटल सुन आउँदा सजिलै पास हुन्छ, के–हो त्यो?’

वर्तमान सरकारका पालामै तीन हजार भन्दी बढी केजी सुन तस्करी भएको भन्दै त्यो कसरी सम्भव हुन्छ ? भनेर अध्यक्ष ओलीले प्रश्न गर्नु भयो ।

‘त्यसका पछि को–छ ? यहाँ सत्ता संरक्षित अन्तराष्ट्रिय गिरोह छ,’ ओलीले भन्नुभयो, ‘त्यही भएर हामीले निष्पक्ष छानबिन गर्न आयोग बनाऔँ भनेको हो। त्यही कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन।’  

अध्यक्ष ओलीले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ? हामीलाई छैन? यस्तो पनि हुन्छ ? तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन्।  हामी देशलाई समृद्धिको दिशा अघि बढाउन खोजिरहेका छौँ।’