अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता


भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ।

ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।