अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

पर्यटनमन्त्री किराँतीलाई पितृ शोक


काठमाडौँ-संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

मन्त्री किराँतीका बुबाको आज बिहान निधन भएको हो । 

बुबाको निधनको जानकारी दिँदै मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भएको बताउनुभएको छ ।  

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो !! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन । बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’