अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित


विराटनगर–कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ। बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष इस्राइल मन्सुरीले असंवैधानिक कदम चालेको भन्दै उहाँले चलाएको बैठकमा नबस्ने भन्दै दुई दलले बैठक बहिष्कार गरेका हुन्।

बैठक सुरु भएपछि राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गर्ने घोषणा गर्नु भयो ।

त्यसपछि एमाले सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए।

मेन्याङ्बोले सभाध्यक्षले अरु पनि असंवैधानिक काम गर्न सक्न बताउँदै त्यस्तो बैठकमा आफूहरु नबस्ने घोषणा गर्नु भयो। त्यसपछि दुवै दलका सांसद नाराबाजी गर्दै बाहिरिए। 

दुई दलको बहिष्कारपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नआउन्जेललाई प्रदेशसभा बैठक स्थगित गरिएको घोषणा गरे।