अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालतमा

कोशी सरकारले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालतमा


विराटनगरकोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको मुल्य मान्यताविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका हुन् ।

कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिकमतकुमार कार्की, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका हुन् । 

सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाउँ भनी रिट दायर गरेको एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिनु भयो।  ‘सोमवार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षसमेत जोडी ४७ पुर्याएको कार्य गैरकानुनी छ भनी बदर गरी पाउँ र संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ,’ भनी एमालेले रिट दायर गरेको भण्डारीले बताउनु भयो ।

यसैबीच कार्कीले थापाले विश्वासको मत नियुक्ति हुनसक्ने अवस्था नभएको भन्दै संविधानको धारा १६८ को उपधारा (३)अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग पनि गरेका छन् ।