काठमाडौं-प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सत्ता पक्षकै अवरोध र होहल्लाको कारण प्रतिनिधि सभा बैठक चल्न नसकेको बताउनु भएको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले एमालले संसद् अवरुद्ध गरेको भनी बाहिर गलत प्रचार गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
तत्कालीन राजा महेन्द्रले संसद् विगठन गर्दा जम्मा चार सिट रहेको कम्युनिष्ट पार्टीले संसद् पुनर्स्थापनाको माग गरेको उहाँले स्मरण गराउनुभयो । हाँले भन्नुभयो, ‘यो संसद् सत्ता पक्षलाई चाहिन्छ कि चाहिँदैन, तर नेकपा एमालेलाई चाहिन्छ।’
एमालेलाई आफ्ना आवाज उठाउन नदिएको कारण संसद् बैठक अवरुद्ध भएको उहाँले प्रष्ट पार्नुभयो। तर शीर्ष नेताहरूले पहल लिएर सुझबुझपूर्ण ढङ्गले संसद्को गरिमा जोगाएको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
एमालेले सुरुकै दिनबाट सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरेको उहाँले स्मरण गराउनु भयो।
सीआईबीको गाडी अनुसन्धानको लागि ठीक ठाउँमा पुगेपछि त्यसलाई मोड्ने गरिएको उहाँले बताउनुभयो । अनुसन्धानको क्रममा उच्च पदस्थ नेताको नामा आउने बित्तिकै सिआईबीको गाडीमा ब्रेक लाग्ने गरेको उहाँले बताउनुभयो । सीआईबीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएन, उस प्रति हामीले अविश्वास गरेको होइन’, उहाँले भन्नुभयो ।
सीआईबीलाई राजनीतिक दबाबमा छानबिन गर्न अवरोध गरिएकोले एमालेले स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको उहाँले बताउनुभयो । आज जे सहमति भयो, एमालेले साउन १० गते त्यही कुरा भनेको उहाँले प्रष्ट पार्नुभयो । सोही दिन यो काम भएको भए यस्तो अवस्था आउँदै नआउने उहाँले बताउनुभयो ।
भट्टराईले कोशी प्रदेशमा सरकार टिकाउन फेरी संविधान माथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो । उहाँले कोशीमा भएका गतिविधिको निन्दा गर्नुभयो । भट्टराईले सो विषयमा सबैको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया