सिन्धुपाल्चो-सिन्धुपाल्चोकको पिपलडाँडाका न्यौपाने तीन दाजुभाइले विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका निम्ति छात्रवृत्ति कोष स्थापना गरेका छन्।
जिल्लाका तीनवटा विद्यालयहरु सिद्धिकमला मावि पिपलडाँडा, दक्षिणकाली आधारभूत पिपलडाँडा र श्री कृष्णरत्न गंगा मावि चौतारामा कोष स्थापना गरेका हुन्।
पिलडाँडाका न्यौपाने दाजुभाइहरू पुण्यप्रसाद न्यौपाने, नेत्रप्रसाद न्यौपाने र इन्द्रप्रसाद न्यौपानेले सिद्धि कमलादेवी माविमा बद्रीनाथ गंगादेवी स्मृति छात्रवृतिको लागि रु.२ लाख ११ हजारको कोष स्थापना गरेका छन्। कोषको व्याजको रकमबाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयाेग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम सापकोटाले बताउनु भयो ।
त्यसैगरी न्यौपाने दाजुभाइले जिल्लाकै जेठो विद्यालय श्री कृष्णरत्न गंगा मावि चौतारमा २०५५ सालमानै वद्रिनाथ शर्मा स्मृति छात्रवृतिको लागि रु.१ लाखको कोष स्थापन गरिएको हो । सो रकम बैंकको मुद्दती खातामा राखिएको छ। व्याजको रकमबाट वार्षिक रुपमा विपन्न तथा जेहेन्दार विद्यर्थीलाई छात्रावृति दिंदै आइरहेको छ।
दक्षिकाली आधारभूत विद्यालय, पिपलडाँडाको विद्यालयमा पनि रु.१ लाखको छात्रावृति कोष स्थापना गरिएको छ। सो कोषको रकम पनि विपन्न तथा जेहेन्दार विद्यदार्थीको पठनपाठनमा उपलब्ध गराउने गरिएको कोष स्थापना कर्ता पुण्यप्रसाद न्यौपानेले बताउनु भयो ।
बुबा बद्रीनाथ र आमा गंगा देवी न्यौपानेका तीनै जना छोराहरु नेपाल सरकारका उच्च पदस्त अधिकारी भइसक्नु भएको छ।
जेठा दाजु पुण्यप्रसाद महिला बालबालिका मन्त्रालय र स्थानीय विकास मन्त्रालयको सचिव तथा नेपाल प्रशासनीक प्रशिक्षण प्रतिष्ठनका कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गरिसकेका छन् । माहिला नेत्रप्रसाद नेपाल सरकारा सहसचिव भई निवृतभरण भएका हुन् । उहाँले काभ्रे लगायतको जिल्लामा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ। कान्छा इन्द्रप्रसाद न्यौपाने नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक भई हाल निवृत छन् ।
प्रतिक्रिया