अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा चितुवाको आक्रमणबाट घाइते

काठमाडौँमा चितुवाको आक्रमणबाट घाइते


काठमाडौँ–काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । 

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो । 

घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।