काठमाडौँ–प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराउनुभयो। निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ।
सभामुख घिमिरेले बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभापतिको निर्वाचन कार्यक्रम ताेक्नु भएको हो ।
संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ। समितिहरुमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ।
प्रतिक्रिया