अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसचिव उपाध्यायविरुद्ध मानहानिको उजुरी दर्ता

पूर्वसचिव उपाध्यायविरुद्ध मानहानिको उजुरी दर्ता


काठमाडौँ–पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता भएको छ । उपाध्यायविरुद्ध भरतपुर–१६ , की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिनुभएको हो । 

करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै उहाँले मानहानिको उजुरी दर्ता गर्नुभएको प्रहरीले जनाएको छ । 

उपाध्यायले गुरुङको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरु खाने धराने’ भनेर पोस्ट गर्नुभएको थियो । आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएकाले उपाध्यायलाई तत्काल कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरेर कानूनी प्रक्रियामा जाने बताएको छ ।