अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौ हत्याको विरोधमा कोशीमा विरोध प्रदर्शन,प्रहरीले आन्दोलनकारीलाई ठाउँ ठाउँमा रोक्यो

गौ हत्याको विरोधमा कोशीमा विरोध प्रदर्शन,प्रहरीले आन्दोलनकारीलाई ठाउँ ठाउँमा रोक्यो


विराटनगर- गौ हत्याको विरोधमा कोशी प्रदेशका विभिन्न ठाउँमा हिन्दुहरुले विरोध प्रदर्शन गरेका छन् । इटहरी,झापा लगायतका ठाउँठाउँबाट मानिसहरु विभिन्न नारा लगाउदै धरानतर्फ जाने तयारीमा छन् । तर प्रहरीले धरान पुग्नु अगावै विभिन्न ठाउँमा उनीहरुलाई रोकेको छ । इटहरी चोक,झापाको चारपाने आदि ठाउँबाट प्रहरीले आन्दोलनकारीलाई अघि बढ्न दिएको छैन ।

झापामा बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरुले सडकमै विरोध जनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन विरुद्ध नाराबाजी भइरहेको छ । झापाबाट जाँदै गरेको बस जिल्ला प्रशासन कार्यालयले चारपानेमा रोकेको हो । प्रशासनले बाटो छेकेर अगघ बढ्न नदिएपछि हिन्दु धर्मावलम्बीहरुले गौ हत्या गर्न पाइदैन, हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी गरिरहेका छन् । शंख ध्वनीसहित विरोध जनाइरहेका उनीहरुले गौ हाम्रो आमा हुन्, गौ हत्यारालाई कारबाहीको माग गरेका छन् । उनीहरुको विरोधका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । धरानमा प्रदर्शनका लागि हिडेका धर्मगुरु लक्ष्मीप्रसाद खतिवडाले संविधानले दिएको अधिकार प्रयोग गर्न राज्यले बञ्चित गर्नु दुःखद भएको बताउनुभयो । उहाँले गौ हत्या बिरुद्ध आयोजित सभा बिथोलेर सरकारले हिन्दु धर्ममाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।

धरानमा केही दिन अघि गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसको बिरोधमा हिन्दु धर्मावलम्बीहरुले सोही स्थानमा शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । प्रदर्शनका क्रममा हुन सक्ने अप्रीय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । धरान नगरपालिकाभरी कुनैपनि जुलुस तथा सभा गर्न प्रशासनले रोक लगाएको छ । प्रशासनको अवरोधका बाबजुदपनि धरान जाँदै गरेका हिन्दु धर्मावलम्बीलाई प्रत्येक जिल्लामा नै रोकिएको हो ।