अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र बैंकले आज विकास ऋणपत्र जारी गर्दै, सर्वसाधारणले पनि खरिद गर्नसक्ने

राष्ट्र बैंकले आज विकास ऋणपत्र जारी गर्दै, सर्वसाधारणले पनि खरिद गर्नसक्ने


काठमाडौँ–नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आज ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामबाट निर्धारण गरिने जनाइएको छ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्कासन हुनेछ।