काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको छ ।
उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले आइतबार फैसला गर्ने बताइएको छ ।
यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको हो । अब आजदेखि उक्त मुद्दाको नियमित सुनुवाइ हुने जनाइएको छ ।
प्रतिक्रिया