अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नालायकिपनले कोशीमा बजेट शून्यतामा गयो: हिक्मत कार्की

सरकारको नालायकिपनले कोशीमा बजेट शून्यतामा गयो: हिक्मत कार्की


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नालायकीपनले बजेट शून्यतामा गएको बताउनु भएको छ।

आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार गैरजिम्मेवार बन्दा कोशी प्रदेशमा बजेट शून्यतामा गएको बताउनु भएको हो।

प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्ने करसमेत लिन नमिल्ने भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रदेशमा यस्तो अवस्था आउनु दु:खद कुरा हो । बजेटको विषयमा सरकार संवेदनशील नबन्दा प्रदेश बजेटविहीन भएको छ।’

कोशीमा आजदेखि बजेटबिहीन हुने भएको छ। यसअघि कार्की नेतृत्वको सरकारले साउन ३२ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो । उक्त बजेट प्रदेशसभाको असार १४ गते बसेको बैठकमा पेश भएको थियो। अध्यादेश पेश भएको ६० दिन (भदौ १०) भित्र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने थियो। तर, प्रदेशमा राजनीतिक दलहरुबीचको असहमति र पेचिलो अंकगणितका कारण बजेट शून्यतामा गएको हो।