अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


पाल्पा-पाल्पामा मोटरसाइकल दुर्घटना भएको छ । आइतबार राति भएको उक्त  दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  

तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ । दुर्घटनामा परी सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।