अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा मन्दिरमा ४७ देशका मुद्रा भेटिए, सटही हुन बाँकी

पाथीभरा मन्दिरमा ४७ देशका मुद्रा भेटिए, सटही हुन बाँकी


काठमाडौँ-ताप्लेजुङको पाथीभरा मन्दिरमा नेपालसहित ४७ देशका मुद्रा भेटिएका छन्। पाथीभरा क्षेत्र विकास समितिले आइतबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । समितिका अनुसार समितिको खातामा ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपैयाँ मौज्दात रहेको  छ।

यस्तै कूल ८ करोड ५९ लाख ९७ हजार १ सय ९४ रुपैयाँ आम्दानी भएकोमा ७१ लाख ८६ हजार ९ सय ८९ रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।  

आर्थिक वर्ष २०७९र८० मा भेटी र दान बापत ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार भेटी र दान बापत २ करोड ८५ लाख ६२ हजार ४ सय ९८ रुपैयाँ, सिक्का सटहीबाट ८ लाख १५ हजार ६ सय रुपैयाँ, दाताबाट बैंकमा सोझै जम्मा भएको रकम १४ लाख ५४ हजार ४ सय ३ रुपैयाँ र भेटी बापतको भारु सटही बापत १० लाख ८४ हजार ३ सय रुपैयाँ प्राप्त भएको छ।

समितिको कूल आम्दानीमध्ये ५ करोड ३ लाख १८ हजार ४ सय ८५ रुपैयाँ गत वर्षको बैंक मौज्दात रकम हो । समितिले बैंकमा रहेको रकमको ब्याजबाट मात्र ३७ लाख ६१ हजार ९ सय ८ रुपैयाँ आय भएको जनाएको छ । 

समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल बाहेक पाथीभरा मन्दिरमा अमेरिका, साउदी अरब, मलेसिया, कतार, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, बेलायत, सिङ्गापुर, बङ्गलादेश, बहराइन, इराक, मालदिभ्स, भियतनाम, फिलिपिन्स, इजरायल, म्यानमार, मकाउ, क्यानडा, ओमान, सुडान, लिबिया, जोर्डन लगायतका देशका मुद्रा भेटिएका छन् ।

यस्तै पाकिस्तान, स्वीजरल्याण्ड, रोमानिया, चाइना, इन्डोनेसिया सहितका देशका मुद्रा समेत भेटिएको समितिले जनाएको छ । रङ्ग लागेका विदेशी मुद्राको सटही र व्यवस्थापन बाँकी रहेको काफ्लेले जानकारी दिनुभयो ।

यसरी सटही हुन बाँकी रहेकोमा अमेरिकी डलर, अष्ट्रेलिया, साउदी अरब, कतार, दुबई, मलेसियन, लगायतका देशको रहेको छ ।