अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रपुरमा भारतीय नागरिकद्वारा बालिका अपहरणको आशंका

भद्रपुरमा भारतीय नागरिकद्वारा बालिका अपहरणको आशंका


भद्रपुर–भद्रपुर नगरपालिका-९ बाट सोमनाथ सिग्देलकी तीन वर्षीया छोरी आज दिउँसो हराएकी छिन्। 

केदारेश्वर मन्दिर छेउ निवासी सिग्देलकी छोरीलाई एक भारतीय व्यक्तिले अपहरण गरेर लगेको हुने सक्ने अनुमान गरिएको छ। सो क्षेत्रमा बिहानैदेखि लाटोको अभिनय गर्दै घरघरमा भारतीय नागरिक माग्दै हिंडेको स्थानीयबासीको भनाई छ। 

जिल्ला प्रहरी कार्यालय झापाले सो सूचना पाए लगत्तै मातहतका कार्यालयहरुमा जानकारी पठाइ भारतीय व्यक्ति र बालिकाको खोजी गरिरहेको जनाएको छ।

माजिक सञ्जालबाट बालिकाको तस्वीर पोस्ट्याएर स्थानीयबासी, पत्रकार सबैले खोजी गर्न र सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गर्न खबरदारी गरिरहेका छन्।