काठमाडौं–नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गर्नु भएको छ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्वन गरी कारबाही गर्नुपर्ने माग गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ? छानबिन गरी कारबाही हुन जरुरी छ। बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गर्न जरुरी छ।’
प्रतिक्रिया