अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू प्रस्तुत गर्‍यो: सोविता गौतम

सरकारले खिचडीजस्तो बनाएर विधेयकहरू प्रस्तुत गर्‍यो: सोविता गौतम


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै वर्तमान गठबन्धन सरकारको आलोचना गर्नु भएको छ।

मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरूले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नु भयो ।

८१ वटा ऐनहरू आकर्षित हुने सो विधेयक सरकारले सांसदहरूलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गर्नु भएको हो।

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ यसरी जस्ताको तस्तै प्रश्तुत हुनु हुँदैन भनेर मैले यही रोष्टमबाट कारणसहित भनेको थिए। यो विधेयक यसरी जस्ताको तस्तै प्रस्तुत हुनु भनेको नेपालको संसदीय इतिहासमा एउटा दुभाग्यपूर्ण त्रुटी हो,’ गौतमले भन्नुभयो, ‘हिजो यो रोष्टमबाट मात्रै होइन। अनौपचारिक ढंगले माननीय कानूनमन्त्रीज्युसँग र वरिष्ठ नेताज्युहरू, जो अहिले प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ। उहाँहरूसँग, विभिन्न दलका प्रमुख सचेतकज्युहरूसँग, सरकारको विभिन्न साथीहरूसँग हामीले यो विषयमा पटकपटक अनौपचारिक तरिकाले यो व्यवस्थाप्रतिको प्रहार हुन्छ। यसरी प्रस्तुत नगरौ भनेर पटकपटक अनौपचारिक छलफलहरू पनि ग¥यौं। तर त्यसको बाबजुत पनि आज यो यसरी प्रस्तुत भएको छ।’

सरकारलाई विधेयकहरू आफूले पढेर मात्रै संसदमा पेस गर्न पनि उहाँले सचेत गराउनु भयो।

सांसद गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घण्टा भित्र सांसदहरूले संशोधन हाल्न नसक्ने पनि बताउनु भयो ।