काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताउनु भएको छ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसदमा पेश गरिएको सो विधेयक कानून निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरी फिर्ता लिएर पुनर्लेखन गरी संसदमा पेश गर्नुपर्ने बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘यो ८१ वटा कानून संशोधन गर्नेगरी आएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ सही कानूनको रुपमा आउने परिस्थिति विद्यमान अवस्थामा छैन। त्यसो हुनाले आजको यो सैद्धान्तिक छलफलको प्रक्रियाबाट यसलाई फिर्ता गरेर, यसको पुनर्लेखन गरेर, केही राजनीतिक दलमा पनि छलफल गर्न आवश्यक छ। त्यो आवश्यक्ता अनुसारको छलफल गरेर यसलाई पुनर्लेखन गरेर यसलाई फिर्ता पठाईयोस्।’
सांसद गैरेले सो विधेयक पुनर्लेखन नगरी संसदमा पेश गर्न मिल्ने खालको नभएको जिकिर समेत गर्नु भयो।
प्रतिक्रिया