अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई गगनको चेतावनी: हामीलाई हेप्ने कुरा स्वीकार्य हुँदैन

प्रधानमन्त्रीलाई गगनको चेतावनी: हामीलाई हेप्ने कुरा स्वीकार्य हुँदैन

मसँग बहुमत छ, गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच्नुस्


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद र संसदलाई नहेप्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनु भएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ को सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न प्रधानमन्त्रीलाई चेतावनी दिनु भयो ।

उहाँले मसँग बहुमत छ मैले जे ल्याए पनि पारित हुन्छ भनेर नसोच्न सरकारलाई आग्रह गर्नुभयो । ‘यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यो पटक हामीले देखाउनु पर्ने छ’, उहाँले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ। यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला।’

संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उहाँको टिप्पणी छ।

मुलुकी अपराध संहित संशोधन गरी जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ऐन ल्याएको भन्दै उहाँले विरोध जनाउनुभयो । राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण नेपाली कांग्रेसले कदापि नस्विकार्ने उहाँले प्रष्ट पार्नुभयो ।