काठमाडौँ-सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ। शुक्रबा बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो।
नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो।
पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।
अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८९५ कायम हुने भएको छ। यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो।

यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो ।
वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।








प्रतिक्रिया