अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्मकाण्डी पार्टी होइन: अध्यक्ष ओली

एमाले कर्मकाण्डी पार्टी होइन: अध्यक्ष ओली


बुटवल–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको बताउनु भएको छ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले अरु पार्टीको जस्तो अधिवेशनका लागि अधिवेशन आफ्नो पार्टीमा नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन।’