अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डप्रति अध्यक्ष ओलीको कटाक्ष: ‘गेरु वस्त्र धारणम, मुर्रा राँगो ताननम्’

प्रधानमन्त्री प्रचण्डप्रति अध्यक्ष ओलीको कटाक्ष: ‘गेरु वस्त्र धारणम, मुर्रा राँगो ताननम्’


बुटवल-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महिना अघि गरेको भारत भ्रमणप्रति कटाक्षा गर्नु भएको छ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग प्रधानमन्त्री कुरा नगरेको भन्दै अध्यक्ष ओलीले व्यङ्ग्य गर्नु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे। प्रधानमन्त्रीले त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो ? राँगा डोर्‍याउँनुपर्छ त ? अब दिइहाले त के गर्ने ? कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ। गेरु वस्त्र धारणम, मुर्रा राँगा ताननम्। यस्ता खालका प्रधानमन्त्री।’

प्रधानमन्त्री प्रचण्डले तीन महिनाअघि गरेको भारत भ्रमणको विषयलाई लिएर एमाले अध्यक्ष ओलीले कटाक्ष गर्नु भएको हो। प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ गते भारत भ्रमणमा जानु भएको थियो।

अध्यक्ष ओलीले एमालेले देशको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताउनु भयो। उहाँले सरकारले लिम्पिुराधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा गरेको बताउँदै त्यस्तो गर्न नसकिने उल्लेख गर्नु भयो।

उहाँले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको आरोप लगाउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले प्रचण्डले हिंसा छोडे पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई राजनीतिको मूलधारमा एमालेले ल्याएको बताउनु भयो ।

अध्यक्ष ओली आफू प्रधानमन्त्री भएको बेला संविधानको सर्वस्वीकार्यता गराउने काम, देशको गुमेको भाग नक्सामा समेटेर भारतलाई पत्राचार गरेको उल्लेख गर्नु भयो।