अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन: अध्यक्ष ओली

प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन: अध्यक्ष ओली


बुटवल–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको जमिन बेच्दै हिँड्ने अधिकार नभएकाे बताउनु भएको छ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले जाने ले त के भन्छ् बंगलादेशसम्म जाने हो भने त्यो भूभाग छाडिदिन सकिन्छ। बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो।’

उहाँले मन लागेको खण्डमा जमिन बाँड्न नपाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘बंगलादेश जान बाटो नपाएको छ र हामीले ? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ ? पैतृक सम्पत्ति हो देशको जमिन। प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन। नेपालको भूभाग अखण्ड छ। हाम्रो देशको एक ईन्च जमीन पनि कसैले टुक्रयाउन पाइँदैन।’