अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यति-वाइडबडी काण्डको छानबिन गर्न सरकारलाई बुटवलबाट अध्यक्ष ओलीको चुनौती

यति-वाइडबडी काण्डको छानबिन गर्न सरकारलाई बुटवलबाट अध्यक्ष ओलीको चुनौती


बुटवल–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङ्ग्सलाई सुरुमा कसले जग्गा भाडामा दिएको भन्नुहुँदै छानबिन गर्न सरकारलाई चुनौती दिनु भएको छ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यति, वाइडबडीको नाम एमालेसँग जोड्ने गरेको गरेको बताउँदै त्यसमा कांग्रेस माओवादीको संलग्नता भएको बताउनु भयो। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘म भन्छु यो सरकारलाई। तिमीहरू राष्ट्रिय पुँजी विरोधी हौं। एउटा गरीबले गरी खाएको तिमीहरू देख्न सक्दैनौँ । यदि यति होल्डिङग्सलाई दरबारको पालादेखि खोजेर ल्याउनुपर्छ । दरबारले विदेशी नागरिकलाई गोकर्णको जङ्गल भाडामा दिएको थियो । विदेशीबाट नेपालीले पाउनुपर्छ भन्दा विभिन्न घरानाको लडाईपर्‍यो, त्यस्तो लडाई परेको बेला बढी पैसा तिरेर सोझो शेर्पाले आफ्नो नाममा गर्‍यो होला।’

उहाँले सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेशीबाट यति होल्डिङग्सले लिन पाउँछ भनेर निर्णय गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दरबारमार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला लिजमा दिएको हो । सोल्टी होटल छेउको जग्गा दिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुन् । खोजी गर्न यति होल्डिङग्सलाई क-कसले दियो। अनि हामीसँग नाम जोड्छन् । वाइडबढी किन्छन् उनीहरू, कमिसन खान्छन् उनीहरू । जर्मनीबाट कसैका नाममा सिंगापुरमा पैसा आउँछ अनि त्यहाँबाट गायब हुन्छ । मैले भनेको छु वाइडबडीको खोज जेल जाऊ ।’

अध्यक्ष ओलीले सत्तारुढ दलको नेताको साढे ९ किलो सुनमा प्रत्यक्ष संलग्नता गराए पनि सरकारले बयान समेत नलिएको बताउनु भयो।