अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पत्नी राधिकाले मनाउनुभयो मानवसेवा आश्रममा जन्मदिन

अध्यक्ष ओली पत्नी राधिकाले मनाउनुभयो मानवसेवा आश्रममा जन्मदिन

अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भन्नुभयो, ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका’


भैरहवा–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले भैरहवाको मानवसेवा आश्रममा जन्मदिन मनाउनु भएको छ।

अध्यक्ष ओली दम्पतीसहित भैरहवाको मानव सेवा आश्रममा पुगेर आज जन्मदिन मनाउनु भएको हो। शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् ।

अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भन्नुभयो, ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका। आज उनको जन्मदिन । भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो । जन्म दिनको शुभकामना राधिका !’