अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


बलेवा – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो । 

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताउनुभयो ।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।