दाङकाे राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा आदर्श नमूना माद्यमिक विद्यालयमका कार्यालय सहयोगीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ झरौनीका ४५ बर्षीय रामबहादुर खनाल छन्। उनी सोही विद्यालयले सञ्चालन गरेको बसका सहचालक पनि हुन्।
उनीविरूद्ध बालिका बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि आज बिहान ८ बजे विद्यालयबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिनु भयो ।
प्रहरी निरीक्षक सिंहका अनुसार ती बालिका विद्यालयकै छात्रावासमा बसेर पढ्छिन्। गत भदौ ४ गते दिउँसो कोही नभएको मौका छोपेर खाना पकाउने कोठामा खनालले बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
पीडित बालिकाले आमाको सहयोगमा शनिबार साँझ इलाका प्रहरी कार्यालय भालुवाङ पुगेर खनालबिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
पीडित बालिका विद्यालयको छात्रावासमा विगत चार वर्षदेखि बस्दै ब्रेल लिपीमा पढ्दै आएकी छन्।





प्रतिक्रिया