अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीको प्रयास असफल: योगेश भट्टराई

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीको प्रयास असफल: योगेश भट्टराई


महोत्तरी-नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीको प्रयास असफल भएको बताउनु भएको छ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरशाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गर्नुभयो।

धर्म, जात-जाती, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यसलाई नसकेपछि पछाडि हटेको सचिव भट्टराईले बताउनुभयो । सबै जाती, धर्म, भूगोलको वर्गीय विभेदलाई अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उहाँले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘समाजवादको यात्रा एमालेले तय गरेको छ। माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै समाजवादको लक्ष्य उनीहरुसगँ छैन भन्ने प्रमाणित हुन्छ।’