अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलपी साँवाको सरकारलाई आरोप- न राजश्व उठाउन सक्छ, न आर्थिक वृद्धि गर्न

एलपी साँवाको सरकारलाई आरोप- न राजश्व उठाउन सक्छ, न आर्थिक वृद्धि गर्न


काठमाडौं- नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवाले उद्योगी व्यावसायीहरु मारमा परे पनि राज्य गम्भिर हुन नसकेको बताउनु भएको छ । साँवाले उत्पादन घट्दा आयात बढेका कारण उद्योग क्षेत्र समस्यामा परेको बताउनुभयो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साँवाले सो कुरा बताउनुभएको हो ।
‘गतवर्षको बजेटले आर्थिक वृद्धिदरलाई ८ प्रतिशतमा कायम राख्ने गरी प्रक्षेपण गरेको थियो तर राजश्व उठ्न नसकेको कारणले त्यो २ प्रतिशतमा सिमित भयो’ अध्यक्ष साँवाले भन्नुभयो ‘गतवर्ष १६ प्रतिशतले राजश्व संकलनमा कमी आयो । त्यो कारणले आज उद्योग व्यावशाय धरासायीतर्फ छ । ’
साँवाले सरकारको रवैयाले नेपालमा रोजगारीको सम्भावना नदेखेर नेपालीहरु विदेशिने क्रम झन धेरै बढेको बताउनुभयो । गतवर्ष मात्र ७ लाख ७१ ह्जार जना भन्दा बढी युवाहरु विदेशिएको साँवाले बताउनुभयो ।