अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली नदीमा जलसतह बढ्ने

भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली नदीमा जलसतह बढ्ने


धनगढी-भारतले चौंथो पटक धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका आज बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भारतीय प्रशासनले बाँधको सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढोका खोल्ने छ ।