अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनचाँदीको मूल्य 

बढ्यो सुनचाँदीको मूल्य 


काठमाडौँ-नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४०० रुपैयाँले वृद्धि भएको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएर प्रतितोला १ हजार ४६५  रुपैयाँमा कारोबार भइरहेको छ ।