अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी अधिवेशन: अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी

एमाले लुम्बिनी अधिवेशन: अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी


काठमाडौँ-नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।

निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी परेको हो।

अध्यक्षमा  प्युठानका हरि रिजाल र पाल्पाका राधाकृष्ण कँडेलको उम्मेदवारी परेको छ। कँँडेल र रिजालले आइतबार राति नै उम्मेदवारी दर्ता गरेका थिए भने केही पदाधिकारीका उम्मेदवारले सोमबार बिहान पनि उम्मेदवारी दिएका हुन्।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै अनुप बराल र बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।

सचिव पदका लागि दुईजनाको उम्मेदवारी परेको छ। निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार सचिवमा दाङका  लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन्।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्। त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मिका हिरा एसिले  उम्मेदवारी दिएका छन्।

शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको हो।

प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार उम्मेदवारहरूको पहिलो नामावली सोमबार दिउँसो १ बजे प्रकाशित गरिएको र दावी विरोधपछि अन्तिम नामावली प्रकाशन गरिने छ। 

अधिवेशनबाट ५ पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।