अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक सरोकारका विषयमा सरकारले बेवास्ता गर्‍यो: महेश बर्तौला

नागरिक सरोकारका विषयमा सरकारले बेवास्ता गर्‍यो: महेश बर्तौला


काठमाडौं–प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको छ।

सरकारले बिमाबापतको करिब ११ अर्ब रुपैयाँ उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गर्नु भएको हो ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा सोमबार उहाँले नागरिकको सरोकारको विषयमा सरकारले बेवास्ता गरिरहेको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन। विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजारभन्दा बढी नागरिकले कोरोनाको बिमा गरे । त्यसबापतको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेको छैन। सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन। कुम्भकर्ण निद्रामा पर्‍यो । त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस् । तत्काल ती बिमितहरुले पाउनुपर्ने रकम प्राप्त गर्न सकून्।’