काठमाडौं-नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको बताउनु भएको छ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले छिमेकीहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको बताउनु भएको हो।
‘हाम्रा छिमेकी राष्ट्रहरुले हाम्रो स्वाधिनतामाथि, हाम्रो भूगोलमाथि अनेक कोणबाट प्रश्न उठाइरहेका छन्’ उहाँले भन्नुभयो, ‘चाहे भारतका सन्दर्भमा उठेका सवाल होस् चाहे चीनले नक्साको सन्दर्भमा उठाएका कुरा हुन्।’
भारतले आफ्नो नयाँ संसद भवनमा राखेको मुरल नक्सामा नेपालको भूगोललाई समेत समेटेको थियो । त्यस सन्दर्भमा नेपालमा विरोध हुँदै आएको छ।
प्रतिक्रिया