काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनु भएको छ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले ख्वप विश्वविद्यालय विधेयक-२०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी दिनु भयो।
बैठकमा सांसद प्रेम सुवालले सो विधेयक कहिले संसदमा पेश हुन्छ ? भनि मन्त्री राईलाई प्रश्न गर्नु भएको थियो । मन्त्री राईले सो विधेयकको मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताउनु भयो।
त्यस अवसरमा मन्त्री राईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै उच्च शिक्षा समेत लक्षित वर्गका लागि निःशुल्क नै रहेको दाबी गर्नु भयो ।
प्रतिक्रिया