अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बहाव बढ्ने  

आज यी जिल्लाका नदीमा बहाव बढ्ने  


काठमाडौँ-आज देशका केही जिल्लामा वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, पाल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, हुम्ला, मुगु, बझाङ, बाजुरा, दार्चुला र सुर्खेत भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।