काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि (जीडब्लूएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी अनुसार बैंकले, भीजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयूभी, पावर ब्रान्डका पिकअप तथा ओआरए ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात तीन दिन भित्र बैंकले नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गर्नु भएको छ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।







प्रतिक्रिया