काठमाडौँ-नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा पदपूर्ति गर्न परिषद्ले आवेदन माग गरेको हो ।
विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक जनशक्ति खुला प्रतियोगिताद्वारा नियुक्ति गर्न लागिएको परिषद्ले जनाएको छ ।
अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुई/दुई जना र स्टोर सहायक एक जना माग गरिएको छ ।
सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया