अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थापाथलीको प्रसूतिगृह तथा स्त्रीरोग अस्पातलमा अनलाइन टिकट सुरू

थापाथलीको प्रसूतिगृह तथा स्त्रीरोग अस्पातलमा अनलाइन टिकट सुरू


काठमाडौं-थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ।

बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ।

अस्पतालमा अहिले जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको अस्पताल निर्देशक श्रीप्रसाद अधिकारीले बताउनु भयो। अस्पतालमा स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको उहाँले बताउनु भयो।

गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ८० हजार ८९० जनाले ओपीडी र २४ हजार ६७२ ले प्रसुति सेवा लिएका थिए। त्यस्तै, गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको अस्पतालको तथ्यांक छ।