अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् लुम्बिनी एमालेका नवनिर्वाचित अध्यक्ष कँडेलसहितको नामवली

यी हुन् लुम्बिनी एमालेका नवनिर्वाचित अध्यक्ष कँडेलसहितको नामवली

कसले कति मत ल्याए ? (सूचीसहित)


रुपन्देही–नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ। जसमध्ये सचिवसहित विभिन्न क्षेत्रबाट सदस्य गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट चुनिएका छन्।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित हुनु भएको छ। कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल गर्नु भयो । उहाँले कूल ९६५ मत खसेको मध्ये ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत ल्याउनु भयो।

यसैगरी सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनु भएको थियो । खुल्ला उपसचिव पदमा रोल्पाका पूर्णबहादुर बुढा ४१८ मत प्राप्त गरी विजयी हुनु भयो। दुर्गाबहादुर चौधरीले ३९३ मत प्राप्त गर्नु भएको थियो।

महिला उपसचिवमा लीला रानामगर निर्वाचित हुनु भएको छ। उहाँले ३५२ मत प्राप्त गर्दा बाँकेकी वसन्ती अधिकारीले ३५१ मत प्राप्त गर्दै १ मत अन्तरले पराजित हुनु भएको हो। पदाधिकारीमा उपसचिवमा बुढा मगरबाहेक सबैमा कंडेल प्यानल विजयी भएको हो।

निर्वाचनबाट प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका वासुदेव घिमिरे सबैभन्दा बढी मत ३७६ मत प्राप्त गरी विजयी हुनु भएको छ। यसैगरी अर्जुन केसी ३३३, कृष्णप्रसाद खनाल ३४०, जलिल मिया ३५७, डीआर घिमिरे ३४०, नारायणप्रसाद भुसाल २८३, प्रकाश जिसी ३२५, बाबुराम भट्टराई २५३, मधुकृष्ण पन्त २८५, सुष्मा खनाल २९९ मतसहित निर्वाचित भएका हुन् ।

त्यस्तै लेखा समितिमा दामोदर घिमिरे, उपाध्यक्ष बैकुण्ठ महत (निर्विरोध) निर्वाचित भएका छन्। सचिवमा बाबुराम विश्वकर्मा ४४० मतसहित विजयी भएका छन्। लेखा समिति सदस्यहरुमा कमलापति चौधरी र झपिन्द्र रायमाझी रहेका छन्। अधिवेशनबाट लेखा समिति बाहेक २०५ सदस्यीय नेतृत्व चयन गरेको छ।

रुपन्देहीबाट खुलातर्फ गोपाल राना, प्रेमबहादुर गुरुङ, नरबहादुर घर्ती, ध्रुवप्रसाद खरेल, भरतमणी सापकोटा, खेमप्रसाद लुईटेल, टंकप्रसाद पराजुली, बुद्ध बहादुर बिक, कृष्णप्रसाद घिमिरे, कृष्ण खनाल, कविराम अर्याल, कमलेश यादव, महेन्द्र गिरी, मोहन चापागाई, सूर्यबहादुर भट्टराई र हरिप्रसाद भण्डारी रहेका छन् । रुपन्देही मुस्लिमबाट एजाज आलम ४६० मतसहित विजयी भए ।

रुपन्देही महिलातर्फ जगेश्वरी चौधरीले सबैभन्दा बढी ५३३ मतसहित विजयी भइन्, रुपन्देहीबाट अन्य महिला सदस्यहरुमा कमलादेबी विक, कल्पना थापा, जानकी अर्याल, जानकी न्यौपाने, तारा पाण्डे, थानकुमारी थापा, मञ्जु भुसाल, विद्यालक्ष्मी गुरुङ, विमला श्रेष्ठ र ज्ञानु केसी निर्वाचित भएका छन्।

रुपन्देही मधेशीमा सञ्जय कुमार गुप्ता, दलितमा कल्पना हरिजन निर्वाचित हुनु भएको छ।