काठमाडौं-प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देशको सुरक्षा अवस्था अत्यन्त कमजोर भएको बताउनुभएको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि मध्य दिउँसै काठमाडौँमा आक्रमण भएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । सो घटनालाई थामथुम गर्ने प्रयास नगर्न उहाँले आग्रह गर्नुभयो। ‘म गृह मन्त्रीलाई प्रश्न गर्न चाहन्छु–के हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाई दिन्छु भन्छ कोही खुकुरी हान्छ’, थापाले भन्नुभयो ।
उहाँले गृह मन्त्रीले म यसलाई तह लगाउँछु, छाड्दिन भन्दै हिँडेको बताउँदै जिम्मा लिनेले बोल्ने होइन काम गरेर देखाउन आग्रह गर्नुभयो । गृह मन्त्रीलाई आफ्नो कुरा व्यवहारमा देखाउन सुझाव दिनुभयो ।
काठमाडौंमा एक जना संविधान सभा सदस्य भएको व्यक्ति माथि मध्य दिउँसो आक्रमण हुँदा प्रधानमन्त्री र गृह मन्त्रीलाई पोल्नु पर्ने थापाले बताउनुभयो । समाजमा भएको असन्तुष्टि देखाएर हिंसात्मक घटनालाई प्रश्रय दिने हो भने समाज बरबादी तर्फ जाने उहाँको दाबी छ ।
उहाँनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न समेत गर्नु भयो । उहाँले भन्नुभयो, ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो? काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’
थापाले समाजको असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, घटना वा हिसांत्मक गतिविधिहरूलाई कुनै न कुनै तरिकाले प्रश्रय दिन नहुने बताउनु भयो।
प्रतिक्रिया