अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्रीको चीन भ्रमणमा रेल र तेल ल्याउने विषय प्राथमिकतामा पर्नुपर्छ: रघुजी पन्त

प्रधानमन्त्रीको चीन भ्रमणमा रेल र तेल ल्याउने विषय प्राथमिकतामा पर्नुपर्छ: रघुजी पन्त


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनबाट रेल र तेल ल्याउने कुरा प्राथमिकताका साथ उठाउन सुझाव दिनु भएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले हामीले भारतबाट तेल ल्याउने पाइपलाइन विस्तार गरिरहेका छौँ यो ठिक छ, खर्च कम हुन्छ बताउनु भयो। तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ’, पन्तले भन्नुभयो, ‘हिजो जसरी नाकाबन्दी गरेर भारतले तेल लगायत रोक्यो, भोलि त्यस्तो स्थिति नआओस् भनेर पनि चीनबाट रेल र तेल ल्याउने कुरा प्रधानमन्त्रीको चीन भ्रमणमा प्राथमिकतामा पर्नुपर्छ।’ 

उहाँले ट्रान्समिसन लाइनमा समेत जोड दिन आग्रह गर्नुभयो । ‘अहिले हामीले भारततिर बिजुली दिइरहेका छौ। जलश्रोतबाट चिनियाँ लगानी भटाभट झिक्दैछन्’, पन्तले भन्नुभयो, ‘किनभने भारतले सर्त नै त्यस्तै राखेको छ। अहिलेको १० हजारवालामा पनि त्यस्तै कडा सर्त राखेर पठाएको छ । यो सर्तबाट हामीले कहिले मुक्ति पाउँछौँ ?’ 

उहाँले ट्रान्समिसन लाइन चीनतिर पनि जोडेर र चीनमा पनि विद्युत् बेच्ने व्यापारको ढोका खुला गरेमात्रै दक्षिणको दबाबबाट मुक्त हुन सकिने बताउनु भयो। पन्तले चिनियाँ पुँजी र लगानी भित्र्याउनेबारे सरकारले सोच्नुपर्ने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा सार्वजनिक गर्न माग गर्नुभयो ।